Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

संगठन दर्ता गर्न नदिएको भन्दै सिद्धार्थ क्याम्पसमा ताला

बुटवल । राष्ट्रिय जनमोर्चाको अखिल छैठौंले बुटवलको सिद्धार्थ क्याम्पसको निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेको छ ।

आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि संगठन दर्ता गर्न नदिइएको भन्दै अखिल छैठौंले ताला लगाएको हो ।

शुक्रबार दिउँसो ३ बजेसम्म विद्यार्थी संगठनहरुको नाम दर्ता गर्ने समय रहेपनि २ बजे अगाडि नै नाम दर्ता गर्न जाँदा निर्वाचन अधिकृतको कार्यालयले नाम दर्ता गर्न नमानेपछि तालाबन्दी गरिएको अखिल छैठौंले बतायो ।

क्याम्पसका निर्वाचन अधिकृत गोपालप्रसाद चापागाईंले नियतवश संगठनको नाम दर्ता नगरेको नभई ढिलो आएकाले दर्ता नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077