Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नोबेल शान्ति पुरस्कार विजेता एलेसलाई १० वर्ष कैद सजाय

एजेन्सी । बेलारुसको एउटा अदालतले नोबेल शान्ति पुरस्कार विजेता एलेस बियालियात्सकीलाई १० वर्षको जेल सजाय सुनाएको छ ।

शुक्रबार बेलारुसी अदालतले बियालियात्स्कीलाई १० वर्षको जेल सजाय सुनाएको हो ।

उनीमाथि सरकारविरोधी गतिविधि गर्नका लागि बेलारुसमा अवैध रूपमा पैसा भित्र्याएको आरोप लाग्दै आएको छ । उनी यसअघि नै अनुसन्धानका लागि थुनामा थिए ।

सन् २०२२ को नोबेल शान्ति पुरस्कार बियालियात्स्कीका साथै रुस र युक्रेनको मानवाधिकार संस्था मेमोरियल तथा सेन्टर फर सिभिल लिबर्टीलाई दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077