Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनको बाख्मुट सहर घेरिएको रुसको दाबी

एजेन्सी । रुसी अर्धसैनिक समूह वाग्नरका प्रमुखले शुक्रबार आफ्ना लडाकुहरुले पूर्वी युक्रेनी सहर बाख्मुटलाई घेरेको दाबी गरेका छन् ।

यस सहरलाई रुसले महिनौँदेखि कब्जा गर्न खोजिरहेको थियो ।

“वाग्नर अर्धसैनिक समूह इकाइहरूले बाख्मुटलाई घेरेका छन्, सहर छोड्न एउटा मात्र बाटो बाँकी छ”, रुसी अर्धसैनिक समूह वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनले भने ।

उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई सहर छोड्नसमेत आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077