Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चीन अमेरिकाको सबैभन्दा बलियो दुश्मन हो : निक्की हेली

काठमाडौं । रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपति पदकी उम्मेदवार निक्की हेलीले चीन सबैभन्दा बलियो दुश्मन रहेको टिप्पणी गरेकी छिन् ।

वासिङटनमा रिपब्लिकन पार्टीले आयोजना गरेको कन्फ्रेन्सलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेकी हुन् । उनले बाइडेन प्रशासनको पनि चर्को आलोचना गरिन् ।

'मैले कहिल्यै सोचेको थिइनँ कि अमेरिकी नागरिकहरूले आकाशतिर हेर्छन् र चिनियाँ जासूस बेलुन देख्छन्। यो सिंगो देशका लागि लाजमर्दो कुरा हो', उनले भनिन् ।

चीनलाई जवाफदेही बनाउन जरुरी रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077