Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • लिखित सहमतिबिना विश्वासको मत दिन सकिँदैन : रञ्जिता श्रेष्ठ

    लिखित सहमतिबिना विश्वासको मत दिन सकिँदैन : रञ्जिता श्रेष्ठ

    अनलाइन नेपाल
  • शनिबार, २० फाल्गुन २०७९
  • 567
    SHARES

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा मन्त्रालयको भागबण्डामा लिखित प्रतिबद्धता मागेको छ ।

    मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार विश्वासको मत लिने तयारी गरेका बेला आठ दलीय सत्तारुढ गठबन्धनमा आबद्ध नाउपाले लिखित प्रतिबद्धता मागेको हो ।



    नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले फेसबुकमा लेखेकी छन्, ‘दलीय सहमतिको लिखित हस्ताक्षर बिना विश्वासको मत दिन सकिँदैन ।’



    सरकारमा जाने अवस्थामा मन्त्रालयको भागबण्डाका सम्बन्धमा लिखित प्रतिबद्धता दिनुपर्ने माग पार्टीको रहेको छ ।

    २६ माघमा एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाहलाई सोही दिन प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

    राष्ट्रतिको निर्वाचनलाई लिएर समीकरण फेरिएपछि नाउपा नयाँ गठबन्धनमा सामेल छ । तर उन्मुक्तिले विश्वासको मत नदिए पनि नयाँ गठबन्धनमा आबद्ध अन्य दलले मुख्यमन्त्री शाहलाई साथ दिएमा सुदूरपश्चिम सरकार जोगिने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार