Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माधव नेपालले भने - केही होइन भन्नेहरूले राष्ट्रपतिको प्रस्ताव ल्याए

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो भूमिका राष्ट्रिय राजनीतिमा बढेको बताएका छन् ।

नेकपा एसनिकट दलित संगठनको कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

नेपालले भने, 'हामीलाई केही होइनन् भन्नेहरू आज प्रस्तावहरू ल्याइरहेका छन् । यस्ता प्रस्तावबाट माथिंगलहरु चक्कराइरहेको हुनसक्छ ।

कतिले राम्रो प्रस्ताव आएको थियो, मानिदिएको भए हुन्थ्यो भनेका छन् । कतिपयले त्यस्ता प्रस्तावमा भ्रमित भएर चुर्लुम्म डुब्ने पो हो कि भन्ने चिन्ता जगाएको देखिन्छ । यसमा कोही भ्रमित हुनुपर्दैन ।'

नेपालले आफ्नो पार्टीको भूमिका राष्ट्रिय राजनीतिमा कसैले पनि नजर अन्दाज गर्न नसक्ने बताए। उनले भन्दै केही होइन भन्नेहरू पनि राष्ट्रपतिको प्रस्ताव लिएर आएको टिप्पणी गरे।

अध्यक्ष नेपालले पार्टीभित्र त्यस्तो प्रस्तावलाई लिएर दुई थरी विचार आइरहेको र त्यस्तो भ्रममा नपर्न समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077