Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अतिकम विकसित देशहरुको अर्थतन्त्रलाई सहयोग वृद्धि गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले धेरै संकटहरुको सामना गर्दै आएका अतिकम विकसित देशहरुका लागि उद्योग, शिक्षा, स्वास्थ्य, विज्ञान तथा प्रविधि र कृषि क्षेत्रमा ठूलो लगानी आवश्यकता रहेको बताएका छन् ।

कतारको दोहोमा जारी अतिकम विकसित राष्ट्रहरुको सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।

उनले माहामारी, द्वन्द्व तथा जलवायु प्रकोप जस्ता ठूला विश्वव्यापी संकटहरू सामना गरिरहेका अतिकम विकसित देशहरुको अर्थतन्त्रलाई सहयोग वृद्धि गर्न विकास साझेदारहरुसमक्ष आग्रह गरे । श्रेष्ठले विकास साझेदारहरुसँग सहयोग प्रतिबद्धता पूर्ण रुपमा कार्यान्वयन गर्न आग्रह गरे ।

यस्तै उनले सबैभन्दा जोखिममा रहेको समाजलाई सुरक्षित गर्न र विकास तथा मानव स्रोतको सम्भावना उपयोगका लागि सामाजिक सुरक्षाको समृद्धि र भरपर्दो स्वास्थ्य प्रणाली आवश्यक रहेको औंल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077