Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

नारायणगढ–मुग्लिन सडक आजदेखि नियमित सञ्चालन

काठमाडौं । नारायणगढ–मुग्लिन सडक आजदेखि पूर्ण सञ्चालनमा आउने भएको छ। केही ठाउँमा पुलको मुख खोल्न तथा फराकिलो बनाउन भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समय सडकमा सवारी आवागमन बन्द गरिँदै आएको थियो।

भित्तो काट्ने काम अन्तिम चरणमा पुगेकाले अब सवारी आवागमन रोक्नुपर्ने अवस्था नरहेको नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ।

भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो। पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म बन्द गरिएको थियो भने त्यसपछि दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरिएको थियो।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यले सवारीसाधन रोकेर ५ ठाउँको पहाड काट्न सुरु गरिएकामा तुइन खोलाको मुग्लिनतर्फको पहाडबाहेक अन्यत्रको काम अन्तिम चरणमा पुगेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077