Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माधव नेपालका भाइ सरोजको अन्त्येष्टि भोलि गरिने

काठमाडौं । शनिबार निधन भएका नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सरोजकुमार उपाध्यायको सोमबार अन्त्येष्टी गरिने भएको छ।

माधव नेपालको सचिवालयले जनाएअनुसार स्वर्गीय नेपालका छोरीहरु भोलिमात्रै नेपाल आइपुग्ने भएकोले उनको अन्त्येष्टि भोलि गरिने भएको छ ।

हिजो शनिबार शंखमूलस्थित एक कफी शपको छैटौँ तलाबाट खसेर घाइते भएका उपाध्यायको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका भाइ समेत रहेका स्वर्गीय सरोजको भोलि २२ गते सोमबार अन्तिम श्रद्धाञ्जली एवम् अन्त्येष्टीको कार्यक्रम रहेको माधव नेपालको सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077