Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बैंकिङ कसूर मुद्दाका फरार अर्याल बागबजारबाट पक्राउ

काठमाडौं। प्रहरीले बैंकिङ कसूर मुद्दाका फरार एक जनालाई बागबजारबाट पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–१५ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–११ बस्ने ३५ वर्षीय आवास भन्ने आभाश अर्याललाई प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७९ माघ ६ गतेको फैसलाले अर्याललाई बैंकिङ कसूरमा ४ दिन कैद र ११ लाख रूपैयाँ जरिवाना ठहर गरेको थियो । त्यसलगत्तै फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

अर्यालले २०७७ चैत ११ गते दिएको नविल बैंकको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो । उनलाई जिल्ला अदालत काठमाडौँको आदेशले कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077