Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सञ्चारमन्त्री शर्मा भन्छिन्- प्रधानमन्त्रीविरूद्धको मुद्दा शान्ति सम्झौता बिथोल्ने षडयन्त्र हो

काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विस्तृत शान्ति सम्झौता विथोल्न विभिन्न खालका षडयन्त्र भइरहेको बताएकी छन् ।

धादिङको गल्छीमा मङ्गलवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गरेर मुद्दा चलाउन गरिएको मागदाबी रिट निवेदन सर्वोच्च अदालतमा दायर हुनुमा षडयन्त्र भएको बताएकी हुन् ।

उनले भनिन्, ‘सत्य निरूपण तथा मेलमिलाप आयोग र संक्रमणकालीन न्यायको जुन विषय छ त्यो समयमा टुङ्ग्याउन नसक्दा विभिन्न खालका षडयन्त्र, विभिन्न खालका चलखेलहरू स्वाभाविक ढङ्गले भएका छन् ।’

द्वन्द्वकालीन न्याय प्रक्रिया टुंग्याउन सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिकको खोजीसम्बन्धी गठित आयोगले काम गरिरहेको बेला मुद्दा दायर हुनुले मुलुकमा बिग्रह चाहने तत्वहरू सक्रिय भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077