Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

राजनीति पुनः लयमा फर्किन थाल्यो, कांग्रेस विकास निर्माणमा केन्द्रिकृत हुन्छ : प्रकाशशरण महत

नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अहिले ठीक ठाउँमा आएको टिप्पणी गरेका छन् ।

नुवाकोट खेलकुद विकास समितिद्वारा आयोजित १२ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता लिखु गाउँपालिका-४ चौघडामा मंगलबार समापन गर्दै नेता महतले राजनीतिले कोल्टे फेरेकोले अहिले ठीक ठाउँमा आएको बताएका हुन् ।

उनले भने ‘राजनीतिले विस्तारै कोल्टे फेरेको छ । अगाडि बढ्नु पर्ने बाटो पछाडि फर्केको थियो । फेरि फर्केर त्यही ठाउँमा आइपुगेको छ ।’

यस्तै उनले देशमा राजनीतिक स्थिरता सँगसँगै स्थिर सरकार, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सँगसँगै कांग्रेस विकास निर्माणमा केन्द्रिकृत हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077