Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सातामै १३५ प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य

    सातामै १३५ प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य

    अनलाइन नेपाल
  • बुधबार, २४ फाल्गुन २०७९
  • 426
    SHARES

    काठमाडौं । पछिल्लो १ सातामा मौसमी तरकारीको मूल्य १ सय ३५ प्रतिशतसम्म बढेको पाइएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार हिउँदे तरकारीको सिजन सकिने बेला भएकाले काउली, गोलभेडा, गाँजर, बकुला, भन्टालगायत मौसमी तरकारीको मूल्य बढेको हो ।

    अघिल्लो साता १७ रुपैयाँ किलो औसत थोक मूल्य रहेको स्थानीय काउलीको भाउ मंगलवार किलोको ४० रुपैयाँ पुगेको छ । यो १ सय ३५ प्रतिशतको वृद्धि हो । १७ रुपैयाँ किलोको तराई गाँजरको मूल्य ३५ प्रतिशतले बढेको देखिन्छ । लोकल गोलभेडाको मूल्य २९ प्रतिशतले बढेको छ । त्यसैगरी बकुला ४६, ब्रोकाउली ६०, बरेला ८८ र रातो मुला ६८ प्रतिशतले महँगिएको छ ।



    समितिका सूचना अधिकारी विनय श्रेष्ठले हिउँदे तरकारीको सिजन सकिन लागेकाले मूल्य बढेको हुनसक्ने बताए । ‘यसलाई अचाक्ली मूल्य बढेको मान्न मिल्दैन तर सामान्य अवस्थाको भन्दा त बढेकै हो,’ उनले भने, ‘एकातर्फ हिउँदे तरकारीको सिजन सकिन लाग्यो अर्कातर्फ किसानले गर्मी मौसमका लागि रोपेको तरकारीले उत्पादन दिन शुरू भइसकेको छैन । यसैले गर्दा मूल्य बढेको हुनुपर्छ ।’



    अहिले भोजभतेरको सिजन पनि भएकाले काउली, बन्दा, गाँजर, मुलालगायत तरकारीको माग बढी छ, जसको प्रभाव मूल्यमा परेको हुन सक्ने प्रवक्ता श्रेष्ठको अनुमान छ । आर्थिक अभियान दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार