Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पिङबाट लडेर सुर्खेतमा महिलाको मृत्यु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरको सहिद पार्कमा पिङ खेल्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ ।

वीरेन्द्रनगरस्थित जिरो ड्याम नजिक रहेको काँक्रेबिहार फनपार्क एन्ड रिसोर्ट प्रालिको फलामे पिङबाट खसेर महिलाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ की ५० वर्षीया खगीसरा सुनार रहेकी छन् ।

उनी केही दिनअघि सुर्खेत आफन्तकहाँ आएकी थिइन् । प्रहरीका अनुसार उनीसँगै पिङ खेलिरहेका अरू २ जना घाइते भएका छन् ।

घाइते हुनेमा वीरेन्द्रनगर–३ का २६ वर्षीया प्रतिमा गदाल र उनका २ वर्षीय छोरा छन् । उनीहरूको कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077