Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टिपरले दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकाको इन्द्रायणीमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

बुधबार साँझ शाँखुबाट जोरपाटीतर्फ आइरहेको बा ५ ख २२१४ नम्बरको टिपरले बिपरित दिशातर्फ गइरहेका बा ९४ प ४४९८ र बा ८२ प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा शाँखुका पवनलाल श्रेष्ठ र हरि खड्का रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा पुनम श्रेष्ठ गम्भीर घाइते भएकी छन् ।

दुर्घटनास्थलमा स्थानीयले टायर बालेर सडक अबरुद्ध गरेका छन् भने टिपरमा समेत आगजनी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077