Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्गा प्रसाईं नेतृत्वको अभियानद्वारा आन्दोलनको घोषणा, राजेन्द्र लिङ्देनलाई पनि निम्ता

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले कडा आन्दोलनको घोषणा गरको छ ।

अभियानले बिहीबार १६ बुँदे मागसहित चरणबद्ध आन्दोलनको घोषणा गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक दुर्गा प्रसाईंले राप्रपालाई पनि आफ्नो अभियानमा सहभागी हुन आग्रह गरेका हुन् ।

जसअनुसार हरेक शनिबार माइतीघरदेखि बानेश्वरसम्म र्याली गरेर कोषसभा गर्ने, २४ गतेदेखि नेपाल बन्द गर्ने, देशका विभिन्न स्थानमा आमसभा र कोषणासभा गर्ने तय भएको प्रसाईँले बताए ।

उनले चैत १ देखि चैत १ देखि राष्ट्रव्यापीरुपमा महाभियान गर्ने पनि जानकारी दिए । यस्तै उनले राप्रपालाई पनि आफ्नो अभियानमा सहभागी हुन निम्ता दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077