काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तरगत पपुवा न्युगिनी(पीएनजी)विरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ ।
हालसम्म नेपालले कुनै पनि विकेट नगुमाई १ सय रन पुरा गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १७ ओभरमा कुनै पनि विकेट नगुमाई १ सय रन बनाइसकेको छ ।
सिरिजअन्तर्गत पपुवा न्यु गिनीविरुद्धको खेलमा नेपाली ओपनर आशिफ शेखले अर्धशतक बनाएका छन् । यससँगै आशिफले अर्का ओपनर कुशल भुर्तेलसँग १०१ रनको पार्टनरशिप पनि गरिसकेका छन्।
आशिफले ४७ बलमा अर्धशतक बनाउने क्रममा ५ चौका र २ छक्का पनि हानेका छन्। त्यस्तै उनलाई साथ दिइरहेका कुशल भुर्तेलले पनि ५१ बलमा ४३ रन बनाइसकेका छन्।
उनले यस क्रमा ६ चौका पनि हानेका छन्। नेपालले अहिले १६ ओभरको समाप्तिमा बिना क्षति १०२ रन बनाइसकेको छ।