Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पीएनजीविरुद्ध आसिफको शानदार शतक, एक दिवसीयमा हजार रन पूरा

काठमाडौं । एक दिवसीय क्रिकेटतर्फ व्यक्तिगत एक हजार रन पूरा गरेकै दिन नेपाली ब्याटर आशिफ शेखले पपुवा न्युगिनिविरुद्ध खेलमा शतक बनाएका छन्।

शेखले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत पपुवा न्यु गिनी(पीएनजी)विरुद्धको खेलमा शतक पूरा गरेका हुन्। एकदिवसीय अन्तराष्ट्रियमा १ हजार रन पूरा गर्ने आसिफ दोस्रो नेपाली खेलाडी हुन् ।

आशिफले १०१ बलमा १० चौका र २ छक्का हान्दै शतक पूरा गरे। करिअरको पहिलो शतक हान्ने क्रममा आशिफले सर्वाधिक रन पनि बनाए। यसअघि वन डे क्रिकेटमा बनाएको ९० रन नै आशिफको सर्वाधिक रन थियो।

यस अघि कप्तान रोहित कुमार पौडेलले १ हजार रन बनाएका थिए ।  एक दिवसीय करियरको पहिलो शतक प्रहार गरेसँगै आसिफ नेपालका लागि ओडीआईमा शतक बनाउने पाँचौँ खेलाडी बने ।

यसअघि, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र पारस खड्काले नेपालका लागि एक दिवसीय क्रिकेटमा शतक बनाएका थिए । सन् २०२१मा सेप्टेम्बर ७ मा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका आसिफले योसहित नेपालका लागि ३२ इनिङ खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077