Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माधव नेपालले भने -रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउनमा मेरो पनि भूमिका छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई राष्ट्रपति बन्न प्रस्ताव गरेको बताएका छन् ।

संसद् भवनमा कुरा गर्दै अध्यक्ष नेपालले आफूलाई राष्ट्रपति बन्न प्रधानमन्त्री प्रचण्डले प्रस्ताव गरे पनि राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गरेको बताएका हुन् ।

उनले भने, ‘प्रचण्डजीले मेरो नाम प्रस्ताव गर्नुभएकै हो सबै पार्टीको सामुमा । मैले अगाडि सरेर भनेकै हुँ अहिलेको परिस्थिति हेर्दाखेरी नेपाली कांग्रेसलाई नै दिऊ ।’

यस्तै, उनले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सबैले भूमिका खेल्नुपर्ने बताए।

शान्ति प्रक्रियाको बाँकी कामलाई अन्तर्राष्ट्रिय प्रचलन अनुसार टुंगोमा पुर्‍याउनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077