काठमाडौं । आईसीसी विश्वकप त्रिकोणात्मक एक दिवसिय सिरिजमा नेपालले लगातार तेस्रो विकेट लिएको छ।
नेपालले दिएको २९८ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको पपुवान्युगिनी (पिएनजी)ले तेस्रो विकेट गुमाएको हो ।
१५ औं ओभरको तेस्रो बलमा नेपालका लागि सन्दीप लामिछानेले विकेट लिँदै तेस्रो सफलता दिलाए।
उनले ५० रन बनाएर खेलिरहेका टोनी उरालाई आरिफ शेखको हातबाट क्याच आउट गराए। उराले ४४ बलमा ९ चौकासहित ५० रन बनाए।
त्यसअघि दीपेन्द्रसिंह ऐरीले दोस्रो विकेट लिएका थिए भने पहिलो विकेट रनआउट बाट प्राप्त भएको थियो।