Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

मतदानपछि लडेर घाइते भएका न्यौपानेलाई भेटन् माधव नेपाल पुगे ट्रमा सेन्टर

काठमाडौं । चिप्लिएर लड्दा घाइते भएका प्रदेश सांसद गोविन्द न्यौपानेको स्वास्थ्यस्थित बुझ्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ट्रमा सेन्टर पुगेका छन् ।

राष्ट्रपति निर्वाचनमा संसद् भवनमा पुगेर भोट हालेर फर्किँदै गर्दा न्यौपाने संसद भवनमै लडेर घाइते भएका थिए ।

उनको टाउको चोट लागेको छ । चिकित्सकहरूले स्वास्थ्यस्थिति सामान्य रहेको बताएका छन् ।

सांसद न्यौपाने नेकपा एकीकृत समाजवादीका मधेस प्रदेश संसदीय दलको नेता पनि हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077