काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत पीएनजीविरुद्धको खेलमा नेपालले छैटौं सफलता हात पारेको छ ।
सन्दीप लामिछानेले हिरी हिरी र चाड सोपरलाई लगातार आउट गरेका हुन् । यसअघि उनले टोनी उरालाई ५० रनमा आउट गरेका थिए ।
सन्दीपका अलावा दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । एक ब्याट्सम्यान रनआउट भए । पीएनजीले ३३ ओभरमा ६ विकेट गुमाएर १५३ रन जोडेको छ ।
यसअघि आशिफ शेखको शतकीय योगदानको मद्दतमा नेपालले २९७ रनको योगफल तयार पारेको थियो ।