Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

मोरङमा धारिलो हतियार प्रयोग गरी जेठी श्रीमतीको हत्या

विराटनगर । मोरङको बेलबारीमा एक जनाले श्रीमतीको हत्या गरेका छन् ।

प्रहरीका अनुसार बेलबारी नगरपालिका–१, नक्सालबारी बस्ने ५७ वर्षीय हेमकर्ण महतले श्रीमती देवी महतलाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेका हुन् ।

बिहीबार दिउँसो १२ बजेतिर हत्या भएको प्रहरीले जनाएको छ ।

देवीको टाउको तथा हातमा चोट देखिएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

हेमकर्णका दुई मध्ये हत्या गरिएकी जेठी श्रीमती हुन् । श्रीमतीको हत्या गरी उनी फरार भएका प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077