Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

राष्ट्रपतिले संविधानको दायराभित्र बसेर जिम्मेवारी बहन गर्नुपर्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राष्ट्रपतिले संविधानले दिएको दायरामा बसेर आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताएका छन् ।

राष्ट्रपति निर्वाचनपछि संसद्‌ भवनबाट बाहिरिने क्रममा अध्यक्ष नेपालले संवैधानिक दायराभित्र बसेर काम गर्न नयाँ राष्ट्रपतिलाई सुझाव दिएका हुन् ।

उनले भने,'राष्ट्रपतिले संविधानले दिएको दायरामा बसेर आफ्नो जिम्मेवारी बहन गर्नुपर्छ।विगतमा भएका राम्रा कुरालाई ग्रहण गर्नुपर्छ र कमजोरीलाई त्याग्नुपर्छ ।'

सबै उपलब्धिहरुको रक्षा गर्ने काममा राष्ट्रपति लाग्नुपर्ने अध्यक्ष नेपालको भनाइ थियो । बिहीबारको भएको निर्वाचनबाट गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपति निर्वाचित भएका हुन् । पौडेलले ‍३३ हजार ८ सय २ मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी नेम्बाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077