Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसद्धारा युक्रेनका ठूला सहरहरुमा ६ वटा हाइपरसोनिक किन्जल प्रहार

एजेन्सी । रुसले युक्रेनका ठूला सहरहरुमा भीषण क्षेप्यास्त्र आक्रमण गरेको छ ।

युक्रेनी सेनाका अनुसार रुसले विभिन्न खालका ८१ वटा क्षेप्यास्त्र प्रहार गर्दा युक्रेनका कयौँ क्षेत्र विद्युतविहीन बनेको हो ।

जसमा अत्याधुनिक हाइपरसोनिक क्षेप्यास्त्र किन्जल समेत रहेको दाबी गरिएको छ । किन्जल क्षेप्यास्त्रले युक्रेनका सबै हवाई प्रतिरक्षा प्रणाली भेद्न सक्छ ।

युक्रेनी वायु सेनाका प्रवक्ता युरी इनातले भनेका छन् ‘आक्रमण साँच्चै ठूलो थियो। र, पहिलो पटक यति धेरै प्रकारका क्षेप्यास्त्रहरु प्रयोग भएको थियो। यसपटक न्जिल पनि ६ वटा प्रहारी गरिएको थियो। यसअघि यस्तो आक्रण भएको मलाई सम्झना छैन ।’ हालसम्म १६ जनाको ज्यान गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077