Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यूएईविरुद्ध पीएनजीका हिरीले बनाए अर्धशतक

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी)का हिरी हिरीले अर्धशतक पूरा गरेका छन् ।

त्रिवि क्रिकेट मैदामनमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीका लागि हिरी हिरीले २२ औं ओभरको पाँचौं बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् ।

उनले ५५ बलमा अर्धशतक पूरा गरे । अन्तिम त्रिकोणात्मक सिरिजमा आज शुक्रबार यूएई र पपुवा न्यु गिनी(पीएनजी)बीचको खेल जारी रहेको छ ।

यसअघि पीएनजीका किप्लिन दोरिगाले ५५ रनको अर्धशतकीय पारी खेलेर आउट भए ।

पहिलो खेलमा नेपालसँग पराजित पीएनजी आजको खेलमा जित निकाल्न चाहान्छ । बिहिबार भएको सिरिजको पहिलो खेलमा पीएनजी नेपालसँग ५२ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077