Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पीएनजीले दियो यूएईलाई २४७ रनको लक्ष्य

काठमाडौं ।आईसीसी विश्वकप क्रिकेट लिग-२अन्तर्गत जारी त्रिदेशीय एकदिवसीय शृंखलामा पपुवा न्यूगिनी(पीएनजी) ले यूएईलाई २४७ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ थालेको पीएनजीले शीर्षक्रमका तीन ब्याटरले अर्धसतकीय इनिङ प्रेरित निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४६ रनको योगफल तयार गरेको हो ।

पीएनजीका सेसे बाउले सर्वाधिक ८१ रनको अविजित इनिङ खेले । उनले १ सय ६ बल खेल्दै १० छक्का प्रहार गरे । ओपनर किप्लिन डोरिगा पहिलो विकेटका लागि हिरीहिरीसँग अर्धसतकीय साझेदारी गर्दै ४४ बलमा ८ चौका र २ छक्कासहित ५५ नमा आउट भए ।

हिरीहिरीले ८५ बलमा ५ चौका र ४ छक्काको मद्दतमा ७७ रन योगदान गरेर आर्यन अफजल खानको बलमा बोल्डआउट भए । शीर्ष क्रमका तीन ब्याटरले उत्कृष्ट प्रदर्शन गर्दा मध्य क्रमका चाड सोपर र नोर्मान भानुवाले समान १० रन योगदान गरे । पीएनजीका अन्य ब्याटले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यूएईको बलिङमा आर्यन अफजल खानले १० ओभरमा तीन मेडन राख्दै ३४ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए । जाहुर खान र जुनाइद सिद्दीकीले समान दुई विकेट लिँदा, रोहन मुस्तफा र कार्थिक मियाप्पनले एक–एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077