Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नारायणकाजी श्रेष्ठ भन्छन् - प्रधानमन्त्रीविरुद्धको मुद्दालाई ठूलो रूपमा लिएका छैनौं

नवलपरासी । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको मुद्दालाई आफूहरूले सामान्य रूपमा नलिएको टिप्पणी गरेका छन् ।

बुटवल नारायणगढ सडक विस्तारको अनुगमन गर्न शुक्रबार नवलपरासी आएका उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रेष्ठले पत्रकारहरूसँगको संक्षिप्त जिज्ञासामा सो कुरा बताएका हुन् ।

उनले पार्टी अध्यक्ष प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दालाई आफूहरूले ठूलो रूपमा पनि नलिएको र सामान्य रूपमा पनि नलिएको बताए ।

'प्रधानमन्त्री प्रचण्डविरुद्ध जुन बेहोरामा मुद्दा दर्ता भएको छ, त्यो स्वाभाविक छैन,' उनले भने,'तर सत्यनिरूपण तथा मेलमिलाप, बेपत्ता छानबिन जस्ता आयोगहरूले समयमै पूर्णता पाएर संक्रमणकालीन न्यायको काम छिटै सम्पन्न होस् भन्ने अदालतको सदासयता हो भने हामीले सो सम्बन्धी विधेयक संसदमा टेबुल गरिसकेका छौं ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077