Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईसीसी विश्वकप लिग–२ : युएईविरूद्ध ब्याटिङ गर्दै नेपाल, ज्ञानेन्द्र र करण बेन्चमा

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईविरुद्ध नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन् । त्रिवि मैदानमा हुने खेलका लागि नेपाली टिममा दुई खेलाडी परिवर्तन गरिएको छ।

टिमबाट करण केसी र ज्ञानेन्द्र मल्ल बाहिरिएका छन् । टिममा ललित राजवंशी र गुल्शन झाले स्थान बनाएका छन् ।

उच्च फर्ममा रहेको नेपालले युएईलाई हराउँदै तालिकाको चौथो स्थानमा उक्लिन चाहन्छ। यो सँगै नेपालले आगामी चार वर्षको लागि ओडिआई मान्यता पक्का गर्नेछ ।

यस्तो छ नेपाली टिम

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, गुल्शन झा र सन्दीप लामिछाने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077