काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत यूएईविरुद्ध नेपाललाई पहिलो झट्का लागेको छ ।
नेपालले दोस्रो ओभरमा नै ओपनर आशिफ शेखलाई गुमाएको हो ।
आशिफ दोस्रो ओभरको पाँचौँ बलमा आर्यन लाक्राको बलमा बोल्ड आउट भए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले यूएईविरुद्ध टस जितेर ब्याटिङ गरिरहेको छ ।
अहिले क्रिजमा कुशल भुर्तेल ६ र कुशल मल्ल ४ रनमा नटआउट छन् ।