Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

यूएईविरुद्धको खेलमा नेपालको खराब सुरुवात

काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत यूएईविरुद्धको जारी खेलमा नेपालले खराब सुरुवात गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ९ ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा ३० रन बनाएर खेलिरहेको छ।

अहिले कप्तान रोहित पौडेल ९ र भिम सार्की ४ रनमा नटआउट छन्। घरेलु टोली नेपालले आठौँ ओभरमा नै तिन विकेट गुमाएको छ।

पाँचौँ ओभरमा दुवै ओपनरलाई गुमाएको नेपाले आठौं ओभरको पहिलो बलमा कुशल मल्ललाई पनि गुमाएको छ।

ओपनर आशिफ शेख १.५ ओभरमा आर्यन लाक्राको हातबाट शून्य रनमा बोल्ड आउट भए।

कुशल भुर्तेल ४.३ ओभरमा ८ रन बनाउँदा एलबीडब्लु धरापमा परे। कुशल मल्ल ९ रन बनाउँदा क्याच आउट भए। १५ बलको सामना गरेका मल्लले २ चौका हाने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077