Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपालले गुमायो चौथो विकेट,भीम सार्की २९ रन बनाएर आउट

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत युएईविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि भीम सार्की २९ रन जोडेर आउट भएका हुन् । नी ३७ बल ४ चौका प्रहार गर्दै रोहन मुस्ताफको बलमा क्याच भए।

उनले चौथो विकेटका लागि कप्तान रोहित पौडेलसँग ५४ रनको साझेदारी गरेका थिए। नेपालले २२ ओभरमा ७६ रन बनाउँदा भीमलाई गुमाएको हो।

ओपनरद्वय आशिफ शेख र कुशल भुर्तेल तथा कुशल मल्ल पनि कम स्कोरमै आउट भए। यसअघि नेपालले ७।१ ओभरमा तीन विकेट गुमाउँदा २२ रन मात्र जोडेको थियो। ओपनिङ ब्याट्सम्यान आशिफ शून्यमा आउट भएका थिए।

उनलाई युएईका आर्यन लक्राले दोस्रो ओभरको पाँचौ बलमा बोल्ड गरे। यस्तै अर्का ओपनर कुशल भुर्तेल ८ रन बनाएर आउट भए।

उनी पाँचौ ओभरको तेस्रो बलमा युएईका आयान खानको डलबिडब्लूको धरापमा परे। यस्तै आठौं ओभरको पहिलो बलमा कुशल मल्ल ९ रनमै आउट भए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077