Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपालले यूएईलाई दियो २४९ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईलाई २ सय ४९ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ४ बल बाँकी छँदै सबै विकेट गुमाएर २४८ रन बनाएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७७ रन बनाए। ११२ बल खेलेका उनले ९ चौकासहित ७७ रन बनाए। यस्तै आरिफ शेखले ४३ रन बनाउँदा गुल्सन झा ३७, दीपेन्द्र सिंह ऐरी ३४, भीम सार्कीले २९ रन बनाए।

नेपालले ओपनर आशिफ शेखलाई शून्य रनमै गुमाएको थियो। रोहितसँगको मिलेर आरिफ शेखले ४३ रन बनाए भने गुलसानले झाले आज उत्कृष्ट प्रदर्शन गरे।

उनले ३२ बलमा ३७ रन बनाए। यस क्रममा उनले ३ छक्का र १ चौका प्रहार गरे। आज कुशल भुर्तेल मात्र ८ रनमा आउट भए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077