काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा यूएईविरुद्ध नेपालले चौथो सफलता प्राप्त गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले छैटौं ओभरमा आफ्नो चौथो विकेट गुमाएको हो ।
नेपालका सोमपाल कामीले आसिफ खानलाई पाँचौं ओभरको पहिलो बलमा ६ रनमा आउट गराएका हुन् । यसअघि ललित नारायाण राजवंसीले नेपालका लागि तेस्रो विकेट लिएका थिए ।
यूईएका महत्वपूर्ण ब्याटरहरू कप्तान मोहम्मद वासिम र आर्यन लाक्रा आउट भएका हुन्।
यस क्रममा नेपालका ललितले २ तथा दीपेन्द्रसिंह ऐरीले १ तथा सोमपाल कामीले १ विकेट लिए। यूईएले जम्मा ८ रन बनाएको छ भने ५ ओभर सकिएको छ।