Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ला लिगाको शीर्ष स्थानमा बार्सिलोना, ९ अंकको अग्रता

एजेन्सी । एथ्लेटिको बिल्बाओलाई हराउँदै बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा ९ अंकको अग्रता कायम गरेको छ।बा

र्सिलोनालाई जिताउन रफिन्हाले निर्णायक गोल गरेका हुन् । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै बार्सालाई सुरूआती अग्रता दिलाएका थिए।

उक्त अग्रता जोगाएको बार्सिलोनालाई जितका लागि पर्याप्त रह्यो। चोटबाट निको भएर टोलीमा फर्किएका बार्सिलोनाका शीर्ष गोलकर्ता रोबर्ट लेवान्डोस्कीले गोलको राम्रो मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन्।

दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको बिल्बाओका शक्तिशाली दुई प्रहार बार्सिलोनाका गोलकिपरले बिफल बनाइदिएका थिए। यो जितसँगै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडमाथि आफ्नो अग्रता थप बलियो बनाएको छ।

रियलले शनिबार इस्पानियोललाई हराउँदै बार्सिलोनाको अग्रता ६ अंकमा छोट्याएको थियो। यी दुई प्रतिद्वन्द्वी आगामी आइतबार नाउ क्याम्पमा एल क्लासिकोमा भिड्दैछन्। पराजित बिल्बाओ सिजनको १० औं पराजयपछि नवौं स्थानमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077