Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सञ्चारमन्त्री शर्मा भन्छिन्- संसदीय भूमिकामा महिलाको मूल्यांकन भएन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसदमा महिलाहरुको भूमिकाबारे उल्लेखनीय चर्चा हुन नसकेकोप्रति गुनासो गरेकी छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा महिलाहरुले निभाएको भूमिकाको चर्चा हुन नसकेको बताएकी हुन् ।

उनले भनिन्,‘संसदमा कोरम पुर्‍याउने सवालमा महिलाहरुको उपस्थिति महत्वपूर्ण रहे पनि त्यसको बाहिरी पक्षमा मूल्यांकन भएको छैन ।’

मन्त्री शर्माले पुरुष असफल हुन भनेको एउटा व्यक्ति मात्रै असफल हुनु रहेको तर महिलाहरु असफल हुँदा समाज नै असफल हुने भन्दै अवसर पाएका महिलाहरुलाई असफल हुने छुट नभएको बताईन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077