Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नक्कली कम्पनी खडा गरी ठगी गर्ने पृथ्वी शाहसहित ६ जना जेल चलान

काठमाडौं । जिल्ला अदालत काठमाडौंले विवादास्पद व्यापारी पृथ्वीबहादुर शाहसहित ६ जना पुर्पक्षका जेल चलान गरेको छ ।

ठगी, संगठित अपराध तथा लिखतसम्बन्धी कसुर मुद्दामा पक्राउ परेका सातमध्ये ६ जनालाई जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको हो।

जेल चलान हुनेमा शाहसहित उनका भाइ विजयविक्रम शाह, अनुप खड्का, चक्रबहादुर खत्री, रुक्मांगत काफ्ले र रंगबहादुर साउद रहेका छन् ।

पक्राउ परेकी विनिता तामाङसँग भने अदालतले ५० हजार रुपैयाँ धरौटी माग गरेको छ।

अछाम स्थायी घर भएका शाहले विदेशी नागरिकलाई ठगी गरेको रकम विभिन्न कम्पनीका नाममा नेपाल ल्याएको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको थियो।

अन्तर्राष्ट्रिय गिरोहसँग मिलेर अपराधको पैसा उनले कम्पनीका नाममा भित्राएको सिआइबीले जनाएको छ। उनलाई सघाउने अन्तर्राष्ट्रिय समूहमाथि अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ ।

[insert page='189048' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077