Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको मौसम : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा

काठमाडौं । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

जसकारण देशको पहाडी तथा हिमाली भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही तराई भेगमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै तराईका एक-दुई स्थानमा समेत मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077