Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • १० महिनामै टुट्यो नायिका वर्षा र आशिषको वैवाहिक सम्वन्ध

    १० महिनामै टुट्यो नायिका वर्षा र आशिषको वैवाहिक सम्वन्ध

    अनलाइन नेपाल
  • मंगलबार, ३० फाल्गुन २०७९
  • 831
    SHARES

    काठमाडौं । नायिका वर्षा सिवाकोटीको वैवाहिक सम्वन्ध एक वर्ष नपुग्दै अन्त्य भएको छ ।

    उनका श्रीमान आशिष गेललले अर्को विवाह गरेका छन् ।



    अमेरिका बस्दै आएका आशिषसँग वर्षाले गत वैशाख ९ गते परम्परागत तवरले लगनगाँठो कसेकी थिइन् ।



    छोटो समयको प्रेमपछि उनीहरु श्रीमान–श्रीमती बनेका थिए । तर, आपसी असमझदारीका कारण १० महिनामै उनीहरु अलग भएका हुन् ।

    वर्षा र आशिषको औपचारिक सम्वन्ध विच्छेद भइसकेको छ । विहेपछि वर्षा पनि अमेरिका गएर श्रीमानसँग बस्न थालेकी थिइन् ।

    तर, छोटो समयमै नेपाल फर्किइन् । उनले सामाजिक सञ्जालबाट श्रीमानका तस्वीरहरु हटाएपछि सम्वन्धमा दरार आएको आँकलन गर्न थालिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार