Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

तीन वर्षपछि चीनले हटायो विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध

एजेन्सी । चीनले कोभिड महामारी रोक्नका लागि विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको छ।

चीनले बुधवारदेखि विदेशीहरूका लागि सबै कोटाका भिसा जारी गर्ने भएको हो ।

महामारी नियन्त्रण गर्न सरकारले केही महिना अघिसम्म कठोर ‘शून्य कोभिड रणनीति’ अवलम्बन गरेको थियो। सरकारको पछिल्लो निर्णयले बाहिरी संसारका निम्ति चीन पुनः खुलेको छ।

चीनले विदेशीहरूलाई क्वारेन्टीनमा बस्नुपर्ने व्यवस्थालाई गत जनवरी महिनामा नै हटाइसकेको थियो । सूचना संयुक्त राज्य अमेरिका र फ्रान्समा रहेका चिनियाँ दूतावाससहित विश्वका धेरै देशमा रहेका चिनियाँ कूटनीतिक नियोग जारी गरेका छन्।

सरकारले जारी गरेको भिसासम्बन्धी अद्यावधिक नीतिले पानीजहाजबाट सांघाई आउनेहरूका साथै हङकङ, मकाउ र आसियान क्षेत्रीय समूहभित्रका देशका निश्चित पर्यटक समूहहरूका लागि विनाभिसा यात्राको अनुमति दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077