Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस प्रवक्ता महतले भने - सरकारमा जाने विषयमा कुनै निर्णय गरेका छैनौँ

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि मात्रै सरकारले पूर्णता पाउने बताएका छन् ।

पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन् ।

महतले भने, ‘विश्वासको मत लिइसकेपछि सरकारमा जानेबारे छलफल अघि बढ्छ। चैत ६/७ गतेतिर विश्वासको मत लिने कुरा छ। सरकारमा जाने विषयमा हामीले प्रवेश गरेका छैनौँ। त्यस विषयमा प्रधानमन्त्रीज्यूले नै निर्णय गर्नुहोला।’

उनले आफ्नो पार्टीबाट कसको नेतृत्वमा कति मन्त्रालय लिएर सरकारमा सहभागी हुने भन्ने विषय अहिले नटुङ्गिएको बताए। नेकपा एमाले र राष्ट्रीय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार दिएको समर्थन पनि फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी थालेका छन् ।

राप्रपाले फागुन १३ र एमालेले १५ गते सरकार छाडेका थिए । राप्रपाले समर्थन फिर्ता लिने निर्णय गरेको मितिबाट ३० दिनभित्र चैत १३ सम्म प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077