Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालको निर्णायक खेल हेर्न समर्थकको घुइँचो, प्रधानमन्त्री प्रचण्ड मैदानमा (फोटोफिचर)

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आजको अन्तिम खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेको छ ।

खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'समेत कीर्तिपुर पुगेका छन् ।

त्रिवि क्रिकेट मैदानमा मैदानमा युएईले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्दैछ । खेल हेर्न आएका समर्थकहरूको त्रिवि क्रिकेट मैदान बाहिर भिड छ ।

क्यानले बुधबार नै सबै टिकट बिक्री भएको बताए पनि केही समर्थक भित्र छिर्न पाउनुपर्ने माग सहित मैदान बाहिर छन् ।

नेपालको राष्ट्रिय झण्डा बोकेकाहरुले नेपाली टोलीलाई हौसला प्रदान गरिरहेका छन् ।

युएईविरुद्धको आजको खेलमा विजयी भए नेपाल लिग टुको शीर्ष तीनमा अटाउँदै जिम्बाब्वेमा हुने ग्लोबल छनोटमा सहभागी हुन पाउने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077