Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खेलमा फर्किंदै नेपाल, यूएईले गुमायो चौथो विकेट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा नेपाललाई यूएईविरुद्ध चौथो सफलता मिलेको छ।

यूएईविरुद्धको खेलमा दिपेन्द्रसिंह ऐरीले नेपाललाई चौथो विकेट दिलाएका हुन् ।

टियूमा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा यूएईका आर्यन आफजाल खानलाई ३ रनमै ऐरीले आउट गराए।

२७ ओभरको खेल सकिँदा पाहुना टोली यूएईले ४ विकेटको क्षतीमा १२८ रन बटुलेको छ ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २७ औं ओभरको पहिलो बलमा आयन अफजाल खानको विकेट लिएका हुन्।

११ बल खेलेर ३ रन बनाइरहेका अफजाललाई गुलसन झाले क्याच आउट गरे।

यसअघि नेपालका लागि सन्दीप लामिछाने र ललितनारायण राजबंशीले १-१ विकेट हात पारेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077