Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि कांग्रेस सरकारमा जान्छ : विमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले गठबन्धनको सरकार पाँच बर्षसम्म कायम रहने बताएका छन् ।

नेपाली कांग्रेस ललितपुर नगर समितिले मंगलबजारमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता निधिले यस्तो बताएका हुन् । नेता निधिले पहिलो चरणमा प्रधानमन्त्री प्रचण्डकै सरकार निरन्तर रहने बताए।

निधिले पहिलो चरणमा पुष्पकमल दाहाल प्रचण्ड, दोस्रो चरणमा माधव कुमार नेपाल र तेस्रो चरणमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए ।

निधिले निर्वाचन गराउने सरकारको नेतृत्व कांग्रेस सभापति देउवाले गर्ने बताए।

उनले उपराष्ट्रपति निर्वाचन लगत्तै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने र कांग्रेस सरकारमा जाने पनि बताए ।

कार्यक्रममा निधिले भने,‘उपराष्ट्रपति निर्वाचनलगत्तै प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ। त्यसपछि कांग्रेस सरकारमा जान्छ।’  उनले प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077