Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालको खराब सुरुवात, आसिफ र कुशल आउट

काठमाडौं । आईसीसी विश्वकप लिग-२ को अन्तिम खेलमा युएईविरुद्ध नेपालले खराब सुरुवात गरेको छ।

यूएईविरुद्ध ३११ रनको किर्तिमानी लक्ष्य पाएको नेपालले खराब सुरुवात गरेको हो । नेपालले सुरुका २ ओभरमा लगातारु विकेट गुमाएको छ ।

पहिलो ओभरको तेस्रो बलमै ओपनर आसिफ शेखलाई गुमाएको नेपालले दोस्रो ओभरको पनि तेस्रो बलमा कुशल मल्ललाई गुमाउन पुग्यो। २ बलको सामना गरेका आसिफ शून्य रनमै स्टम्पिङ भए।

त्यसपछि आएका मल्लले ५ बलमा एक चौका प्रहार गर्दै ५ रनमै आउट भए। अहिले अहिले कुशल भुर्तेल र कप्तान रोहित पौडेल क्रिजमा छन्।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको युएईले ६ विकेटको क्षतिमा ३१० रन बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077