Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालले गुमायो तेस्रो विकेट,रोहित पनि आउट

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालले ७ औं ओभरमा तेस्रो विकेट गुमाएको हो ।

नेपालका कप्तान रोहित कुमार पौडेल १६ रन बनाएर आउट भए । सातौं ओभरको पाँचौ बलमा मोहम्मद वासिमले रोहितलाई क्याचआउट गराए।

यसअघि नेपालले सुरुका २ ओभरमा लगातार विकेट गुमाएको थियो।

पहिलो ओभरको तेस्रो बलमै ओपनर आसिफ शेखलाई गुमाएको नेपालले दोस्रो ओभरको पनि तेस्रो बलमा कुशल मल्ललाई गुमाउन पुग्यो।

अहिले अहिले कुशल भुर्तेल र भीम सार्की क्रिजमा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077