Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यूएईविरुद्ध अर्धशतक बनाएर आउट भए भुर्तेल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालका लागि कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशलले १६ औं ओभरमा अर्धशतक पूरा गरेका हुन् ।

युएईले दिएको ३११ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालका लागि कुशलले ३२ बलमा अर्धशतक पूरा गरे । कुशलले ३२ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे ।

ओपनर भुर्तेल अर्धशतक पूरा गरेर आउट भए। योसँगै नेपालले एक सय रन पूरा नगर्दै चौथो विकेट गुमाएको छ।

१७औं ओभरको तेस्रो बलमा कुशल क्याचआउट भएका हुन्। ३५ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै नेपालको इनिङ उकासेका थिए। खराब सुरुवात गरेको नेपाल १६.३ ओभरमा ४ विकेट गुमाएर ९८ रनको स्थितिमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077