Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यूएईविरुद्ध भीम सार्कीको अर्धसतक

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालका लागि भीम सार्कीले अर्धसतक पूरा गरेका छन्।

भीमले ६० बलमा ६ चौकासहित ५० रन बनाएका हुन्। यसअघि ओपनर कुशल भुर्तेल अर्धसतक पूरा गरेर आउट भएका थिए।

यूएईले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले सुरुवाती ४ विकेट गुमाएको छ। २६ ओभरको खेल सकिँदा नेपालले ४ विकेटको क्षतिमा १४९ रन बनाएको छ।

नेपालले १७ औं ओभरमा तेस्रो विकेट गुमाएको थियो। १७ औं ओभरको तेस्रो बलमा कुसल क्याचआउट भएका हुन्।

३५ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै उनले नेपालको इनिङ उकासेका थिए। कुशल र भीम सार्कीले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरे। अहिले भीम र आरिफ शेख क्रिजमा छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077