Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन रास्वपाको संयुक्त बैठक बस्दै

    उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन रास्वपाको संयुक्त बैठक बस्दै

    अनलाइन नेपाल
  • शुक्रबार, ३ चैत्र २०७९
  • 399
    SHARES

    काठमाडौं । उपराष्ट्रपति निर्वाचनमा पार्टीको सहभागीताबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्दैछ ।

    शुक्रबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बैठक बस्न लागेको हो । रास्वपाले गत फागुन २५ मा रास्वपाले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिएको थियो ।



    उपराष्ट्रपति चयनका लागि आजै १० बजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएको छ । मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । उपराष्ट्रपति निर्वाचनको मतपरिणाम आजै साँझ सार्वजनिक हुने बताइएको छ ।



    उपराष्ट्रपतिका लागि एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाका रामसहाय प्रसाद यादव र जनमतकी ममता झा चुनावी मैदानमा छन्। सत्तारुढ गठबन्धनबाटै तीन जनाको उम्मेदवारी परेकामा जसपाकी प्रमिलाकुमारी यादव पछि हटेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार