Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड पद प्राप्तिका लागि विचलित भए : गोकर्ण विष्ट

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा पद प्राप्तिका लागि विचलन देखिएको टिप्पणी गरेका छन्।

ग्रासरुट अभियानलाई सम्बोधन गर्न शनिबार हेटौंडा पुगेका सचिव विष्टले यस्तो बताएका हुन् ।

सचिव विष्टले भने, ‘प्रधामनन्त्री प्रचण्डमा पद प्राप्ती वा पद जोगाउनका लागि जुन प्रकारको अवसरवाद देखा परेको छ।

यो अवसरवाद राष्ट्रको सम्बृद्धी र जनताको जीवन रुपान्तणको लागि नेपालको राजनीतिमा एकप्रकारको कालो बादलको रुपमा देखा परेको छ। एकै शब्दमा भन्ने हो भने देशको प्रगतीको बाधक बनेको छ।’

सचिव बिष्टले कालो बादल पन्छाएर नेपालको राजनीतिलाई खुल्ला सफा आकाश जस्तो बनाउन जरुरी रहेको पनि बताए।

आवश्यकतालाई भविष्यको दिनहरुले थप परिणाममुखी बनाउनेमा एमालेकै हात रहने उनले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077